मानव बेचविखन मुद्दाका फरार अभियुक्त रुपन्देहीबाट पक्राउ

bimbonline प्रयास
२०७९ पुष ६ १८:५६ बजे
पक्राउ

रुपन्देही । मानव बेचविखन मुद्दाका फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ घर भएका मिनबहादुर विक उर्फ आरने माइला रहेका छन् ।

जिल्ला अदालत कपिलवस्तुको २०७४ असार १९ गतेको फैसलाले मानव बेचबिखन मुद्दामा ३० वर्ष कैद, २ लाख ५० हजार रुपैयाँ जरिवाना र १ लाख २५ हजार रुपैयाँ पीडित महिलाहरुलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको थियो । ६ वर्षदेखि फरार मिनबहादुरलाई इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले सैनामैना नगरपालिका-५ बुद्दनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पछि जिल्ला अदालत कपिलवस्तुको फैसलाले उनलाई कारागार चलान गरिएको छ ।

२०७९ पुष ६ १८:५६ बजे

प्रतिक्रिया