माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे प्रधामन्त्री देउवा र प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १५:३१ बजे
देउवा र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् ।

रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न  आज (बुधबार) दिउँसो देउवा र प्रचण्ड  अस्पताल पुगेका हुन् । 

उनीहरुले  नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका जनाइएको छ । 

२०७९ पुष ६ १५:३१ बजे

प्रतिक्रिया