पर्सामा बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

bimbonline प्रयास
२०७९ पुष ६ १४:४२ बजे
मृत्यु

पर्सा । पर्सामा बिहेमा नाच्ने विषयमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।जगरनाथपुर गाउँपालिकाऔ३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो ।

स्थानीय २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै–झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते भएका सैमुल्लाहलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा लग्दा डाक्टरले मृत घोषणा गरेका थिए ।बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो ।

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ पुष ६ १४:४२ बजे

प्रतिक्रिया