अहिले म मन्त्री बन्ने बाटोमा छैन् :विश्वप्रकाश शर्मा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १३:३९ बजे
विश्वप्रकाश शर्मा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सरमा मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । आज बुधवार काँग्रेस संसदीय दलको नेताको चुनावपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफु मन्त्री बन्ने बाटोमा नरहेको बताएका हुन् ।

शर्माले आफु पार्टी कार्यालयमा बसेर गर्नुपर्ने कार्य धेरै रहेको बताउदै यस्तो बताएका हुन् । सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न  आफुले सहयोग र आग्रह गर्ने शर्माको भनाई रहेको छ ।

उनले भने,‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरू गर्न बाँकी नै छन् । गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको कामहरूले मलाई पर्खिरहेको बेला छ अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नेतिर लागेर हुन्छ रु यो उचित हुँदैन, अहिले म मन्त्री बन्ने कुरामा छैन । सरकारमा जाने साथीहरूलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यस कारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’

२०७९ पुष ६ १३:३९ बजे

प्रतिक्रिया