एमाले सांसदहरुलाई शपथ ग्रहणमा राष्ट्रिय पोशाक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १३:२० बजे
राष्ट्रिय पोशाक

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा ग्रहणमा आउदा अनिर्वा रुपमा राष्ट्रिय पोशाकमा आउन  भनेको छ । मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिने एमालेको तयारी रहेको छ । 

एमालेको यो निणर्यको केहि सांसदहरुले भने विरोध जनाएका छन् । संविधानले नै आफ्नो पोशाक र भाषमा सफथ लिन पाउने व्यस्था गरेको भन्दै केहि सांसदहरुले यसको विरोध गरेका हुन् ।असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए ।

एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको  जनाकारी दिएका छन् ।  

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । 

२०७९ पुष ६ १३:२० बजे

प्रतिक्रिया