पाल्पामा जिप र अटो ठोक्किँदा एक जनाको ज्यान गयो

पाल्पामा जिप र अटो ठोक्किँदा एक जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २१ १३:०७ बजे
death

  काठमाडौं । पालपा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको जनाको ज्यान गएको छ ।  शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।  प्रहरीका  अनुसार दुर्घटनामा परी तीन  परी थप ति जना घाइते भएको छन् ।

मृत्यु हुनेमा रामपुर–५, मटेरीमा डेरा लिइ बस्ने ४५ वर्षका चोकबहादुर ढेँगा रहनुभएको छ । जिप र अटो आपसमा ठोक्किदा गम्भीर घाइते हुनुभएका ढेँगाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी रामपुर–३, का ३७ वर्षीय सुरेन्द्र थापा, सोही स्थानमा १० वर्षीया अन्जली थापा र १२ वर्षकी पुष्पा थापा घाइते हुनुभएको छ ।   जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जनाएका छन् ।  

२०७९ साउन २१ १३:०७ बजे

प्रतिक्रिया