सँयुक्त रुपमा १३०औ माओ दिवस मनाइने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ १२:५४ बजे
१३०औ माओ दिवस

 काठमाडौं । नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा १३० औँ माओ दिवस मनाउने भएका छन् ।

नेकपा (मशाल) को केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार तीनै पार्टीले देशभर विभिन्न जिल्लाहरुमा सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय  गरेको जनाएको छ । 

देशभर संयुक्त रूपमा माओ दिवस मनाउन नेकपा(मशाल) का केन्द्रिय सदस्य चिन्तामणि पौडेल,नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल  रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।

तीन पार्टीले केन्द्रीय स्तरमा काठमाडौँमा सँयुक्त रुपमा मिति २०७९ पौष ११ अर्थात 26 december  2022मा जमलको नाचघरमा दिउसो १२:००  बजे हुने छ। सो कार्यक्रममा उपस्थितिको लागी तिन वटै पार्टीले सबैलाई अनुरोध गरेको नेकपा (मशाल) का नेता चिन्तामणि पौडेल्ले बताएका छन् ।

स्थानीय स्तरमा देशैभर माओका योगदान, माओविचारधाराको अपरिहार्यता, नयाँजनवाद  र नेपाली क्रान्तिको कार्यदिशालगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । नेकपा (मशाल) लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालमा पनि माओ दिवस मनाउँदै आएका छन।

२०७९ पुष ६ १२:५४ बजे

प्रतिक्रिया