माओवादी केन्द्रले संसदीय दलको नेतोको चयन भोली गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ ११:३४ बजे
माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता  चुन्ने भएको छ । सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।

शपथ लगत्तै दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको रणेन्द्र बराईलीले जनाएका छन् । 

दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । उनलाई दलको नेतामा चुनौती दिने माओवादीमा कोही पनि देखिएका छैनन्।माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन्।

२०७९ पुष ६ ११:३४ बजे

प्रतिक्रिया