कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ६ ११:१० बजे
देउवा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापती शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित पछि पार्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका  हुन् ।

निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

२०७९ पुष ६ ११:१० बजे

प्रतिक्रिया