शेखर र गगनबीच जुटेन सहमति

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ५ १२:२० बजे
शेखर र गगन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल भएको छ । 

लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न  नसकेको बताइएको छ ।

बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी  हृदयराम धानीलगायत सहभागी रहेका थिए । दुई नेताबीच सहमति नजुटेपछि थप छलफलका लागि अनामनगरको बेसेरा होटेलको बस्न लागेको  जनाइएको छ । 

२०७९ पुष ५ १२:२० बजे

प्रतिक्रिया