पूर्व मन्त्री प्रेमबहादुर आलेमगरलाई मातृ शोक

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ५ ११:३४ बजे
मातृ शोक

धनगढी। पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। डोटीमा रहेकी आलेमगरकी आमालाई उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि मंसिर ११ गते काठमाडौँ लगिएको थियो ।

उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको उपचारको क्रममा निधन भएको हो। उनको आज ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ। पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन्।

२०७९ पुष ५ ११:३४ बजे

प्रतिक्रिया