आयोजक चौराहा स्पोर्ट्स एसोसिएसन बन्यो प्रथम वार्डकप भलिबलको च्याम्पियन

bimbonline माधव राज जोशी
२०७९ पुष ४ १८:३४ बजे
वार्डकप भलिबलको च्याम्पियन

डडेल्धुरा । पुस १ गतेदेखि सुरुभएको आयोजक चौराहा स्पोर्ट्स एसोसिएसन सादनीपनपा ७ वार्ड कार्यालयको सहकार्यमा आयोजना गरिएको प्रथम वडा कप भलिबल प्रतियोगिता २०७९ आज सम्पन्न भएको छ ।खेलमा छ टिमको सहभागिता रहेको थियो । जसमध्ये आयोजक चौराहा स्पोर्ट्स एसोसिएसन सादनी र सचेत युवा समाज मलासबिच फाइनल खेल भएको थियो । फाईनल खेलमा आयोजक चौराहा स्पोर्ट्स एसोसिएसनका सुनिल भट्ट र केशव भट्टको उत्कृष्ट स्पाईकले गर्दा सचेत युवा समाजलाई ३-१ ले पराजित गर्दै प्रथम वडा कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

च्याम्पियन आयोजकले रु १५०००, दोस्रो हुने टिमले रु १००००, र तेस्रो हुने टिमले रु ३००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमको समापनमा पर्शुराम नपाका उपप्रमुख विमला महता प्रमुख अथिती र ७ न का वार्ड अध्यक्ष विशिष्ट अथितिको रुपमा रहनुभएको थियो । कार्यक्रमको समापन नगरपालिकाका उपप्रमुख विमला महताले गर्नुभएको एसोसिएसनका प्रमुख सल्लाहकार दिनेश अवस्थीले जानकारी दिनुभएको छ ।

२०७९ पुष ४ १८:३४ बजे

प्रतिक्रिया