नेप्सेमा सामान्य सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १५:१७ बजे
सेयर बजार

 काठमाडौं । सातको पहिलो दिन उच्च अंकले ओरालो  लागेको सेयर बजार परिसुचक नेप्से कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले उकालो लागेको छ । सेयर बजार परिसुचक नेप्से आज ३.८३ अंकले उकालो लागेको छ । आज नेप्से उकालो लागेसँगै १८५८.९८ विन्दुमा पुगेको छ । 

आज बजार सामान्य अंकले उकाले लागे पनि समान्य रकमको कारोबार भएको छ । आज ८८ करोड बराबरको कारोबार भएको छ । सबै भन्दा धेरै कारोबार हुनेमा  प्रराइम कर्मसीयल बैंक ,फरवाड माइक्रो फाइन्नास लद्युवित्त , हिमालयन डिसिलरी कम्पनि रहेका छन् ।  आज सबै भन्दा धेरै कमाउनेमा धौलागिरी लद्युवित्त रहेको छ । जसमा सकरात्मक सर्किट लागेको छ । दोस्रोमा खप्तड लद्युवित्त रहेको छ ।  यसको सेयर मुल्य आज ६.०८ प्रतिशतले उकालो लागेको छ । त्यस्तै आज सिवाइसी नेपाल लद्युवित्तको सेयर मुल्य उकालो लागेको छ । 

आज गुमाउनेमा इस्टरन हाइड्रो पावर कम्पनि रहेको छ । यसले आज ७.९७ प्रतिशतले गुमाएको छ । गोलोबल आइयमि फन्डको सेयर मुल्य आज ७.७२ प्रतिशतले ओरालो लागेको छ । 

२०७९ पुष ४ १५:१७ बजे

प्रतिक्रिया