प्रतिनिधिसभाका सदस्यहरुको शपथ बिहीबार हुने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १४:३२ बजे
शपथ

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ। संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले पुस ७ गते दिउँसो १ बजे सांसदहरुको शपथ खुवाउने तयारी रहेको  जनाएका छन् । 

शपथ गराउने तीन दिनअगावै संघीय संसद् सचिवालयले सूचना जारी गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार कुनै सांसदले मातृभाषामा शपथ लिने भए तीनदिन अगावै सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।  सचिवालयले शपथका लागि जेष्ठ सदस्यको विवरण निर्वाचन आयोगसमक्ष माग गरेको थियो। निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। 

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुको विवरण केलाइरहेको छ। 

निर्वाचन आयोगलाई उपलब्ध गराएको विवरण अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महिन्द्रराय यादव हुन् । आयोगको विवरण अनुसार यादवको उमेर ८५ वर्ष पुगेको छ । 

तर, निर्वाचन आयोगले पठाएको विवरण र यादवको नागरिकताको उमेर बाँझिएको छ । त्यसैले नवनिर्वाचित सांसदलाई सपथ खुवाउनेबारे अन्योल देखिएको हो ।  नागरिकताको आधारमा सपथ खुवाउने हो भने चीत्रबहादुर केसी जेष्ठ सदस्य हुन् । केसीले शपथ खुवाउने संभावना छ।

२०७९ पुष ४ १४:३२ बजे

प्रतिक्रिया