कैलालीमा करेन्ट लागेर एक मृत्यु

bimbonline माधवराज जोशी
२०७९ पुष ४ १४:०९ बजे
मृत्यु

कैलाली । कैलालीको धनगढीमा करेन्ट लागेर एक युवकको  ज्यान गएको छ । धनगढी उप महानगरपालिका मिलनचोकमा रहेका लालिगुराँस होटलमा काम गर्दै आएका डडेल्धुराको भागेश्वर गाउँपालिका १ बट्टानीका महेश भारतीको  करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । 

बिहान ७ बने होटेलमाथीको तारबाट करेन्ट लागेका भारतीको उपचारका क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जोशीले बताए । करिब १८,१९ बर्षका भारतीको होटेलमा पोचा लाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ 

२०७९ पुष ४ १४:०९ बजे

प्रतिक्रिया