एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १०:४९ बजे
एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज  सोमबार संसदीय दलको बैठक बोलाएको छ । बैठक मीनभवनस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्न लागेको हो । 

बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ। संसदीय दलको नेता पार्टी अध्यक्ष माधवकुमार नेपाल नै बन्न लागेका हुन् ।  एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ ।

२०७९ पुष ४ १०:४९ बजे

प्रतिक्रिया