राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १०:४४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मतले चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौंमा सोमबा।र बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत  चयन गरेको हो । 

निर्वाचन आयोगले आइतवार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएपछि आज संसदीय दलको बैठक बसेको थियो । संसद्को चौथो ठूलो दल बनेको रास्वपाका २० सांसद छन् ।

राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भइसकेको सन्दर्भमा निर्णय लिन दिउँसो केन्द्रीय समितिको बैठक  बस्ने पार्टीका प्रवक्ता मुकुल ढकालले  जनाकारी दिएका छन् ।

२०७९ पुष ४ १०:४४ बजे

प्रतिक्रिया