उद्योगी र व्यापारीहरु एमालेलाई गुहारीरहेका छन् : शंकर पोखरेल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १४:२३ बजे
शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्योगी र व्यापारीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागि रहेका बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै उनले आर्थिक संकट बढ्दै गएपछि व्यापारीहरु  लएमाले अध्यक्ष ओली कहाँ देशलाई जोगाइ दिन भन्दै आएका बताएका छन् । 

उनले भने, ‘नजानिदो हिसाबले आर्थिक संकट पर्दैछ। त्यसबाट निक्लिने उपाय एमालेसँग मात्रै छ।  व्यापारी र उद्योगीहरु  अध्यक्ष (केपी शर्मा ओली)लाई भेटेर देश जोगाइदिनुपर्‍यो भनिरहेका छन्। यो मुलुक बर्बाद हुन थाल्यो, अग्रसरता लिइदिनुपर्‍यो।’

उनीहरुको माग र जनादेश मिल्न नसकेको उनको भनाइ छ। चुनावका समयमा उक्त सत्य स्थापित गर्न नसकिएको स्वीकार्दै अहिले प्रतिपक्षमै रहेर राष्ट्रका  लागि भूमिका खेल्न तयार रहेको पोखरेलले बताएका छन् । 

उनले सत्तामा रहेका दलहरु सत्ता खोज्नमै रहेको तर जनताले एमाले खोज्ने दिन चाडै आउने उनको भनाई रहेको छ । कार्यक्रममा उनले अहिले देशलाई बहुमत सहितको एउटा शक्ति चाहिएको बताएका छन् । 

२०७९ पुष ३ १४:२३ बजे

प्रतिक्रिया