विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १३:०४ बजे
केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  निर्वाचनको समयमा आफुहरुले जनतालाई  बुझाउन नसकेको बताएका छन् । गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’ को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन् ।

कार्यक्रममा उनले भने निर्वाचनको परिणाम हेर्दा अनेक प्रकारका जालझेल भएको पनि देखीएको छ । उनले पाललाई एउटा दिशामा लैजानेको लागि जनतालाई सचेत बनाउनुपर्ने तर त्यसो गर्न नसकिएको बताएका छन् । उनले भने,'ठूलो पार्टीको अध्यक्षको हैसियतले मैले सकिनँ । यो मेरो प्रमुख कमजोरी हो ।  निर्वाचनकै काराणा र परिणाम काराण अहिले सरकार बनाउन पनि दौडधुप चलेको उनको भनाई रहेको छ । '

उनले भने,'विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ । अझ ठूलो गठबन्धन बनाउन खोज्दै छ । बनिहाले पनि सरकार कसरी बनाउलारु अहिले पोलिटिकल भाउ महँगो भएको छ । अहिले अवस्था जटिल थप जटिल देखिएको छ ।'

२०७९ पुष ३ १३:०४ बजे

प्रतिक्रिया