एकजुटहुदै क्रान्तिकारीहरु

एकजुटहुदै क्रान्तिकारीहरु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २० २१:१४ बजे
एकजुटहुदै क्रान्तिकारीहरु

काठमाडौं ।  नेपाल का कम्युनिष्टहरु विच कुनै समय वैचारिक राजनितिक मतभेद ले विभाजन हुने गरेको छ भन्ने कतिपय अवस्थामा राजनिति विचार मा फरक नभए पनि पद प्रतिस्ठा  र गुटगत स्वार्थ ले विखण्डन हुने गरेको छ। के।पी ओली र प्रचण्डको नेकपा (नेकपा) को विभाजन राजनितिक विचार भन्दा सत्ता स्वार्थमा आधारित रहेको कुराको विश्लेशण गर्दै आएका छन। नेकपा (विप्लव) मा पनि स्थानिय चुनाव उपयोग गर्ने वा नगर्ने , नेतृत्वको कार्यशैली ,कार्यदिशा का वारेमा गम्भिर मतभेद भए पछि सो पार्टी पनि विभाजित भएर धर्मेन्द्र वास्तोलाको नेतृत्वमा नेकपा (वहुमत) पुनगठन गरिएको छ।

आज नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (वहुमत) विच पार्टी एकता गर्ने प्रयोजनका लागी दुवै पार्टीको वार्ता टोली वसी पार्टी एकता अगाडी वढाउने निर्णय गरेको छ भन्ने पार्टी एकता सँयोजन समिति गठन भएको छ। क्रान्तिकारी पार्टी ,सँगठन, व्यक्तिहरु लाइ पार्टी एकता प्रक्रिया र नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक भएर जान  नेकपा (क्रान्तिकारी) का महासचिव किरण र नेकपा(वहुमत)का महासचिव कन्चनले प्रेस विज्ञप्ति निकाली आव्हान गरेका छन। नेपालको वामपन्थि आन्दोलनमा घोर दक्षिणपन्थिहरु हावि रहेको अहिलेको अवस्थामा यि दुइ पार्टीहरु विचको एकताले क्रान्तिकारी आन्दोलनमा सकरात्मक प्रभाव रहने आशा गरिएको छ।

२०७९ साउन २० २१:१४ बजे

प्रतिक्रिया