विश्वकप उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ ११:२८ बजे
विश्वकप उपाधि

काठमाडौं । फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै छन् । कतारको लुसैल रंगशालामा खेल आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपको फाइनल खेल हुन लागेको यो रंगशालामा ८८ हजार ९६६ दर्शक अटाउँछन्।

सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हो। अर्जेन्टिनाले क्रोएशियालाई ३-० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।

अर्जेन्टिना र फ्रान्स चौथो पटक विश्वकपमा भिड्न लागेका हुन्। यसअघि भएका तीन वटा प्रतिस्पर्धामा दुई वटा अर्जेन्टिनाले जितेको छ भने एउटा फ्रान्सले जितेको छ।

सन् २०१८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४(३ गोल अन्तरले पराजित गरेको थियो। त्यसअघि सन् १९७८ र सन् १९३० मा समूह चरणमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो।

२०७९ पुष ३ ११:२८ बजे

प्रतिक्रिया