कतारमा जारी विश्वकपमा तेस्रो स्थानको लागि आज भिड्दै क्रोसिया र मोरक्को खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २ ०६:५४ बजे
कतारमा जारी विश्वकप

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को  खेल्ने भएका छन् । नेपाली समय अनुसार आजको खेल राति ८: ४५ बजे हुने छ । सेमिफाइनलमा पराजित भएका क्रोसिया र मोरक्कोबीच तेस्रो स्थानको लागि खेल्न लागेका हुन्।

सेमिफाइनलमा क्रोसिया अर्जेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २-० गोल अन्तरले पराजित भएको थियो ।

यस विश्वकपमा समुह चरणमा एकै समुहमा रहेका क्रोसिया र मोरक्को यस विश्वकपमा दोस्रो पटक भिड्न लागेका छन् । समुह एफ मा रहेका क्रोसिया र मोरक्को समुह चरणको खेलमा गोल रहित बराबरी खेलेका थिए ।

क्रोसिया र मोरक्कोबीच अहिलेसम्म दुई पटक खेल भएको छ, जसमा एक खेल क्रोसियाले जितेको छ भने यसै विश्वकपमा भएको खेल बराबरी भएको थियो । यस अघि १९९६ को हसन ट्रफीको सेमिफाइनलमा भएको खेलमा निर्धारित समयमा दुवै तिम्ले २-२ को बराबरी खेलेपछि भएको पेनाल्टी सुटआउटमा क्रोसियाले ७-६ को जित निकालेको थियो ।  

२०७९ पुष २ ०६:५४ बजे

प्रतिक्रिया