काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १५:११ बजे
मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको ज्यान गएको प्रहरीले जनाएको छ । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको  हो । 

२०७९ पुष १ १५:११ बजे

प्रतिक्रिया