अन्तरक्रियामा सहभागी भई नागरिकता विधेयक बारे स्पष्ट हौं

अन्तरक्रियामा सहभागी भई नागरिकता विधेयक वारे स्पष्ट हौं

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १९ १५:०४ बजे
नागरिकता विधेयक

काठमाडौं । राष्ट्रघाती  नागरिकता विधेयक को चौतर्फी विरोधका बावजुत  राष्ट्रपतिले प्रमाणिकरण गरे सँगै विरोधका स्वरहरू थप सशक्त हुँदै गएको छन्।  सत्ताधारीहरू  यो विधेयक पास गरेर भारतलाई खुशी पारी आफ्नो सत्ता टिकाउने सुरमा भए पनि देशभक्त नागरिकहरू ,पार्टीहरू विभित्र वुध्दिजिविहरु ले यसको विरोध गर्दै आएका छन्।

नागरिकता विधेयक किन  देश र  नेपाली जनता को अहितमा रहेको छ भन्ने बारेमा २०७९ साल श्रावण २० गते दिउसो १२ वजे पद्माकन्या क्याम्पसको सगरमाथा हल बागबजार मा नागरिकता विधेयक बारे   अन्तरक्रिया कार्यक्रम  हुन गइ रहेको छ। उक्त कार्यक्रममा विभित्र विषयको विज्ञहरू नेपाल सरकारका पर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौला, पूर्व मत्री हिरण्यलाल श्रेष्ठ मधेश प्रदेशका प्रमुख डा.राजेश अहित, वरिष्ठ सुरेन्द्र भण्डारी, एस. के.तिमित्सेना समेत व्यक्तित्वहरू ले विचार राख्नु हुने छ।

सो कार्यक्रममा सहभागी भइ नागरिकता सम्बन्धी नयाँ विचारहरू सुन्न र छलफलमा भागलिइ विचार व्यक्त गर्न का लागी सहभागि हुने आयोजक मध्येका  नेकपा मसला समन्वय समिति नेता चिन्तामणि पौडेल आग्रह गर्नु भएको छ। अन्तरक्रिया कार्यक्रमको आयोजना नेकपा मसाल महाधिवेशन आयोजक कमिटी, नेकपा क्रान्तिकारी (माओवादी)   ,नेकपा (वहुमत)  ,नेपाल कम्युनिष्ट पार्टी, सयुक्त क्रान्तिकारी मोर्चा नेपाल ले गरेका हुन।

२०७९ साउन १९ १५:०४ बजे

प्रतिक्रिया