पुनको स्वास्थ्यमा सुधार, मंगलबार नेपाल फर्कने सम्भावना

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १५:०६ बजे
वर्षमान पुन

काठमाडौं । चीनमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा  सुधार आएको छ । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोगले च्यापेपछि  १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार  भइरहेको छ । पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको बताएकी छन् । घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो ।

आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना रहेको उनले बताएकी छन् ।  ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ, ‘मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ, 'उनले भने । 

२०७९ पुष १ १५:०६ बजे

प्रतिक्रिया