एमालेले ‘धोखा’ दिएको जसपाको निष्कर्ष

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १४:५० बजे
जसपा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ ।  बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताएका छन् । दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको  समिक्षा गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए ।

एमालेले मतदान गरेको भए अझै बढी मतले चुनाव जित्न  सक्ने उनको भनाई रहेको छ । एमालेले धोका दियो नै आफ्नो पार्टीका कतिपय नेताले पनि धोखा दिएका उनले बताएका छन् । जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शंकर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए । सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए ।  समीक्षा बैठकले प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउने त्यारी थालेको छ ।    

२०७९ पुष १ १४:५० बजे

प्रतिक्रिया