सुदूरपश्चिम प्रदेश: संसदीय दलको नेता हुनको लागि नेपाली कांग्रेसबाट यति धेरैको दावी !

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १४:०२ बजे
सुदूरपश्चिम प्रदेश

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणाम आइसकेको छ । निर्वाचन नतिजा आएसँगै विभिन्न राजनीतिक दलहरू सरकार निर्माणको तयारीमा लागेका छन् । राजनीतिक दलहरू संघ देखी प्रदेशमा सरकार बनाउने तयारी र पहलकदमीमा जुटेका छन् । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनको लागि प्रदेशमा प्रमुख दल बनेको नेपाली कांग्रेसको दौडधुप निकै चलेको छ । प्रदेशमा पनि सरकारको नेतृत्व गर्न संसदीय दलको नेता बन्नुपर्ने भएकाले विभिन्न नेताहरूको दौडधुप संसदीय दलको नेता बन्नेमा रहेको छ ।  

प्रदेशमा सरकारको निर्माणको दौडधुपमा रहेको नेपाली कांग्रेस भित्र आकांक्षीको भने लस्कर रहेको छ । नेपाली कांग्रेसले  प्रदेश सभामा प्रत्यक्ष तर्फ १२ र समानुपातिकतर्फ  ७ सिटमा विजय हासिल गरेको छ । नेपाली कांग्रेसले जम्मा १९ सिटमा विजय हासिल गरेको छ । दौडधुमा रहेका नेपाली कांग्रेसका नेताहरु मध्यये डा। रणबहादुरको निर्वाचन अघि पनि प्रदेश सरकारको नेतृत्व गर्ने चर्चा थियो । निर्वाचन अघि गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र्का नेता खगराज भट्टको पनि त्यतिकै प्रचार रहेको थियो । 

नेपाली कांग्रेसबाट प्रदेश सभाको लागि संसदीय दलको निर्वाचनको लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं २ ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुरकै निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह बिष्ट, कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछाम निर्वाचन क्षेत्र नं १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित कमल बहादुर शाह, कैलाली निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित प्रकाश बहादुर बम र कैलाली निर्वाचन क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रकाश बहादुर देउवा दौडमा रहेका छन् ।

बहादुरसिंह थापाले आफू मुख्यमन्त्रीको आकांक्षी रहेको  बताएका छन् । उनले आफ्नो दावी स्वभाविक रहेको बताएका छन् । कमल बहादुर शाहले संसदीय दलको नेताको दाबी रहेको बताउँदै निर्वाचनअघि देखि नै मुख्यमन्त्रीको दाबेदार रहेको भन्दै आएको बताएका छन् । मेघराज खड्का भने पार्टीबाट यती ठुलो मात्रामा आकांक्षी हुनुलाइ स्वभावी रहेको बताएका छन् । यसरी नेपाली कांग्रेसबाट आकांक्षीको संख्या एक भन्दा धेरै रहेकाले संसदीय दलको नेताको लागि निर्वाचन हुने सम्भावना बढेको छ ।  तर नेपाली कांग्रेसका नेताहरु भने निर्वाचन सम्म नजाने भन्दै आफुहरु सहमती अनुसार जाने बताएका छन् । 

२०७९ पुष १ १४:०२ बजे

प्रतिक्रिया