हिँडिरहेका बेला एक्कासि सडकमा ढलेका एक जना पुरुषको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १ १२:०८ बजे
मृत्यु

 काठमाडौं । विराटनगरमा हिँडिरहेका बेला एक्कासि सडकमा ढलेका एक जना पुरुषको ज्यान गएको छ । हिँड्दाहिँड्दै ढलेर विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५५ वर्षीय बलराम भगतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन् । 

हिँडिरहेका बेला बिहान ९स्३० बजेतिर भगत एक्कासि ढलेका  उनले बताएका छन् । ढलेकै ठाउँमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालीएको छ । 

२०७९ पुष १ १२:०८ बजे

प्रतिक्रिया