सोविता गौतमको चुनाव खर्च कती ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १४:०३ बजे
सोविता गौतम

काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले आफ्नो चुनाव खर्च जिल्ला निर्वाचन कार्यादलय काठमाडौंलाई बुझाएकी छन् । उनले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् ।

 उनले बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख  गरिएको छ । 

१३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको  छ ।

त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्द उनले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेश गरेकी छन् ।

चुनावी खर्च विवरण


२०७९ मंसिर २९ १४:०३ बजे

प्रतिक्रिया