सरकारमा जान समयको पर्खाइमा महन्थ ठाकुर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १३:३८ बजे
महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा  जाने वा नजाने समयमा भर पर्ने बताएका छन् । कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाहरुबाट आफु पछि नहट्ने बताएका छन् । 

रासससँगको अन्तर्वार्तामा अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था (एनजीओ) होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’

उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने  आवश्यकता रहेको बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेलमा परेकाहरुलाई छुटाउनुपर्ने बताएका छन् ।

२०७९ मंसिर २९ १३:३८ बजे

प्रतिक्रिया