एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिदैं

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ १२:०२ बजे
एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित  भएका सांसदहरुको भेला बोलाएको छ । एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पुस ५ गते  काठमाडौंको कमलादीमा भेला आयोजना गरिएको हो । उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताएका छन् । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने छन् । 

नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् ।

२०७९ मंसिर २९ १२:०२ बजे

प्रतिक्रिया