रबिलाई सांसद पदमा सपथ नखुवाउन माग सहित सर्वोच्च अदालतमा रिट दायर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १५:२९ बजे
रबि लामिछाने

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जनाएका छन् । 

युवराज सफलले रिट दर्ता गरेका जनाइएको छ ।  रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको छ।

दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्। मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए। 

२०७९ मंसिर २८ १५:२९ बजे

प्रतिक्रिया