फरक-फरक पृष्ठभूमि भएका प्रभु र अमरेश को पार्टी ‘आम जनता’?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १३:०० बजे
आम जनता

काठमाडौं  । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पार्टीले विश्वास गरेर टिकट दिए पनि पार्टीले दिएको टिकटबाट नभई स्वतन्त्रबाट प्रतिनिधिसभाको निर्वाचन लडेका प्रभु साह र पार्टीबाट विद्रोह गरी निर्वाचन लडेका अमरेश सिंहले नयाँ पार्टी खोल्ने भएका छन् । नेकपा एमालेको टिकट अस्वीकार गर्दै रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रभु साह र कांग्रेसबाट विद्रोह गरेका अमरेश सिंहले नयाँ पार्टी खोल्न लागेका हुन् ।  प्रजातान्त्रिक पृष्ठभूमिका अमरेश र कम्युनिष्ट पृष्ठभूमिकाबाट आएका यि दुइ नेताले कस्तो प्रकारको उदेश्य र  वाद भएको पार्टी खोल्लान् भनेर सबैको चासोको विषय बनेको छ ।  

नयाँ पार्टी गठनको अभियानमा जुटेका इच्छाबहादुर वाग्लेले  ‘आम जनता’  पार्टी गठन  गर्ने सहमती भएको बताका छन् । आम जनता नाम राख्दा सबै जनता अटाउने भएका पार्टीको नाम आम जनता राख्ने सहमती भएको उनले बताए । 

यस्तै पार्टीले लिने विचार कम्युनिस्ट र डेमोक्रेटिकबीचको धार हुने भन्दै पुस ६ पछिको भेलाले पार्टीको विधान कस्तो हुने भन्ने निश्चित गर्ने  बताइएको छ ।  पुस ६ गते काठमाडौंमा बृहत भेला हुने र भेलाले मार्चा बनाउने  र आवश्यक परे पार्टी बनाइने जनाइएको छ । भेलाबाट प्रभुसाहको नेतृत्वमा तदर्थ समिति गठन गरिने र सोहि अनुसार अन्य कार्यक्रमहरु गरिने जनाइएको छ । काठमाडौंका हुने भेलामा स्वतन्त्रबाट जितेकाहरुको भेला हुने बताइएको छ । 

२०७९ मंसिर २८ १३:०० बजे

प्रतिक्रिया