"आवश्यक परे माओवादीले सरकारको नेतृत्व गर्छ"

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १२:२२ बजे
पुष्पकमल दाहाल  प्रचण्ड

काठमाडौं । सरकार बनाउन सकस परिरहेका वेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले ले अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले सरकारको नेतृत्व कसले गर्छ भन्ने टुङगो नलागे पनि आवश्यकता परे भने अहिले माओवादी पनि  सरकारको नेतृत्व गर्ने बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने , "अहिले सरकार गठनको विषय चलिरहेको छ । तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।" कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने दाहालले बताएका बैठकमा सहभागी एक माओवादी नेताले बताए ।

२०७९ मंसिर २८ १२:२२ बजे

प्रतिक्रिया