रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याउन खोजिएको भन्दै सत्ता गठबन्धनबाटै जनमोर्चा उत्रियो विरोधमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १४:२३ बजे
जनमोर्चा

काठमाडौं ।राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागेको बतएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज  एक विज्ञप्ति निकाल्दै सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टिकापुर जघन्य हत्याकाण्डमा संलग्न रेशम चौधरीलाई जेलमुक्त गर्नका लागि फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ ।’

सरकारले ल्याउन लागेको अध्यदेशको अहि चौतर्फि विरोध भइरहेको छ । प्रतिपक्ष दल नेकपा एमाले तथा सत्ताको नेतृत्व गरीरहेको दल नेपाली कांग्रेका केहि नेताहरु पनि यसको विरोध गरेका छन् । 

२०७९ मंसिर २७ १४:२३ बजे

प्रतिक्रिया