सरकारले ल्याउन लागेको अध्यादेश विरुद्ध एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन !

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १३:३० बजे
अनेरास्ववियुको विरोध प्रदर्शन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

अनेरास्ववियुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका हुन् । 

उनिहरुले रेशमको बाहानामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजेको बताएका छन् ।सरकारले ल्याएउन लागेको यो अध्यादेको चौतर्फि आलोचना भइरहेको छ । सत्ताधारी नेता तथा नेपाली कांग्रेसका केहि नेताहरुले पनि यसको विरोध जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्रि गगन थापा र शेखर कोइरालाले विरोध जनाएका हुन् ।

२०७९ मंसिर २७ १३:३० बजे

प्रतिक्रिया