लोसपा पनि सरकारमा सहभागि हुने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १२:०६ बजे
लोसपा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सामेल हुने भएको छ ।  । लोसपा शीर्ष नेताको बैठकले  सरकारमा सहभागि हुने निणर्य गर्न बताइएको छ । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने   लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए । 

उनले भने हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो ।  अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने छ ।

चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने  बताएका छन् । पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर  रहेका बैठक बस्न ढिलाई भएको जनाइएको छ । 

२०७९ मंसिर २७ १२:०६ बजे

प्रतिक्रिया