रेशम चौधरीलाई स्वागत गर्न फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २६ १४:३१ बजे
रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने भन्दै उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका छन् । चौधरीलाई स्वागत गर्न कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार पुगेका हुन् । 

२०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूची (नेगेटिभ लिस्ट)लाई संशोधन गरिने छ ।

ल्याउन लागेको अध्यादेश राष्ट्रपतिबाट जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् ।  यो अध्यादेश ल्याएको काराण्ले सरकारको आलोचना भइरहेको छ । 

२०७९ मंसिर २६ १४:३१ बजे

प्रतिक्रिया