बजार उच्च अंकले ओरालो लाग्दा कसले कमाए कसले गुमाए !

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २५ १५:१५ बजे
सेयर बजार सेयर बजार

काठमाडौं । गत साता ओरालो लागेको नेप्से सातको पहिलो दिन आज (आइतबार) पनि उच्च अंकले ओरालो लागेको छ ।  आज आइतबार बजार ३१.९७ अंकले ओरालो लागेको हो । आज बजार १.६७ प्रतिशतले ओरालो लागेको हो । बजार आज ओरालो लागेसँगै १८सय भन्दा तल झरेको छ । सेयर बजार परिसुचक नेप्से १८८५.३१ विन्दुमा पुगेको छ । आज बजार ओरालो लागे सँगै प्रया:कमपनिको सेयर मूल्य ओरालो लागेको छ ।  आज बजार ओरालो लागि रहँदा सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा भने सकारात्कमक सर्किट लागेको छ । सुमति लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशतले उकालो लागेको छ । त्यस्तै मैलुङ खोला जल लघुवित्तको सेयर मूल्य पनि ९.५० प्रतिशतले उकालो लागेको छ । 

आज ओरालो लाग्नेमा नेपड लघुवित्त रहेको छ । यसको सेयर मुल्य आज १० प्रतिशतले ओरालो लागेको छ । पाँचथर पावर कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै नेपाल इन्भेसमेट बैंकको सेयर मुल्य ५.७४ प्रतिशले ओरालो लागेको छ ।  आज बजार ओरालो  लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।  ११० करोड बराबारको कारोबार भएको छ। 

२०७९ मंसिर २५ १५:१५ बजे

प्रतिक्रिया