बागमती प्रदेशबाट कुन दलबाट को-को बने समानुपातिक सांसद

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २५ १४:३१ बजे
समानुपातिक सांसद

काठमाडौं । बागमती प्रदेशमा विभिन्न पार्टीहरुले समानुपातीकमा आफ्ना उम्मेदवारहरुलाई सिफारिस गरेका छन् । प्रतिनिधिसभामा समानुपातिक तर्फ ३४ वटा सिट पाएको नेकपा एमालेबाट बागमती प्रदेशबाट ७ जनाको नमा सिफारिस गरेको छ । जसमा एमालेले आदिवासी–जनजाति कोटाबाट देवीप्रसाद भट्टचन (ललितपुर), नैनकला थापा मगर (चितवन), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौँ), खस आर्य पुरुष कोटामा रघुजी पन्त (काठमाडौँ), दलित पुरुष कोटामा ईश्वरबहादुर रिजाल (दोलखा) र दलित महिला कोटामा रुक्मिनी राना बराइली (काभ्रे(लाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको आगामी कार्यकालका लागि नेपाली कांग्रेसले पाएको ३२ वटा सिट मध्ये बागमती प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा.प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर), आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौं), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति बिक (चितवन)र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको छ ।

समानुपातिक तर्फ १४ सिट पाएको नेकपा माओवादी केन्द्रले बागमती प्रदशेबाट ४ जनाको नाम सिफारिस गरेको छ । जसमा आदिवासी महिला कोटामा मिना तामाङ (काभ्रे) को नाम समावेश गरिएको छ भने खस आर्य महिला कोटामा ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट) र दलित पुरुष कोटामा रणेन्द्र बराली (चितवन)लाई सांसद पदका लागि सिफारिस गरेको छ ।

समानुपातिक तर्फ १३ सिट पाएको रास्वपाले बागमती प्रदेशबाट ५ जनालाई सांसद् बनाउन सिफारिस गरेको छ । राप्रपाले सुमना श्रेष्ठ (काठमाडौं, खस–आर्य महिला तर्फबाट डा.चन्दा कार्की (ललितपुर), खस आर्य पुरुष तर्फबाट डोलप्रसाद अर्याल (काठमाडौं), दलित पुरुष तर्फबाट सन्तोष परियार (भक्तपुर) र मुस्लिम तर्फबाट असिम शाह (काठमाडौं) सिफारिसमा परेका छन् ।

राप्रपाको समानुपातिक सूचिबाट बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सांसद बन्नका लागि खस आर्य कोटामा पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक), आदिवासी जनजाति पुरुष कोटामा बुद्धिमान तामाङ (धादिङ), आदिवासी जनजाति महिला कोटामा बिना लामा (धादिङ) र खस आर्य महिला कोटामा रोशन कार्की (ललितपुर)को नाम सिफारिस गरिएको छ ।

यता प्रदेशसभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागतमी प्रदेशसभा सदस्यका लागि समानुपापितक सूचिकाबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम सिफारिस गरेको हो ।

२०७९ मंसिर २५ १४:३१ बजे

प्रतिक्रिया