बाढीले जीप बगाउँदा फिलिपिन्समा आठजनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २५ १३:३७ बजे
मृत्यु

काठमाडौं । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रीवहाक जीप बगाउँदा पाँच वर्षीया बालिकासहित आठजनाको  ज्यान गएको जनाइएको छ । 

तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो ।

तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने सातजना ६० वर्ष नाघेको र एकजना घाइते भएको उनले बताए ।

लामो समतल यात्री जीपहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय  माध्यम  हो । यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन् ।

२०७९ मंसिर २५ १३:३७ बजे

प्रतिक्रिया