शिक्षामा सोचे जस्तो परिर्वतन आएन : प्रधानमन्त्री देउवा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २३ १३:४४ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा सोचेको जस्तो परिर्वत र विकास नभएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले शिक्षाको हक मौलिक हकको रुपमा व्यवस्था  गरेको बताउँदै यस्तो बताएका हुन् । 

उनले भने, ‘संविधानले नै कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर प्रत्याभूत गरेको छ । समाजका सबै वर्ग र समुदायले सर्वसुलभ रुपमा आधारभूतदेखि उच्च भिक्षासम्म प्राप्त गरी आफ्नो सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो ।’

सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेको  उनको भनाई रहेको छ । नले भने , 'सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन सकेको छैन । यो स्थितिमा सुधार गर्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता छ। विश्वविद्यालयको शिक्षा औपचारिकमात्रै नभएर व्यवहारिक हुनुपर्छ ।' 

२०७९ मंसिर २३ १३:४४ बजे

प्रतिक्रिया