एमाले प्रतिपक्षमा रहन्छ : उपाध्यक्ष पौडेल

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २३ १२:५५ बजे
उपाध्यक्ष विष्णुप्रसाद पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले प्रत्यक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारहरुसँग कुराकानिमा उनले जनताले दिएको मतको आधारमा आफुहरु प्रतिपक्षमा बस्ने बताएका हुन् । 

माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले  नरहेको स्पष्ट  पारेका छन् । उनले भने ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’उनले चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए ।

उनले पूर्वाधार नबन्दै अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु दाङमा लैजाने कार्य गलत भएको टिप्पणी पनि गरे ।

२०७९ मंसिर २३ १२:५५ बजे

प्रतिक्रिया