जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १५ १६:३२ बजे
जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त

काठमाडौं ।   जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका अर्थमन्त्री पदबाट राजीनामा दिएका  थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।

अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई  राहात पुग्ने गरी  करका दरहरु  हेरफेर गरेको आरोप लागेको थियो । 

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो ।

२०७९ साउन १५ १६:३२ बजे

प्रतिक्रिया