राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसद छनोटमा विवाद

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १४:१५ बजे
राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनोटलाई लिएर विवाद भएको छ। रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका हुन् ।

कम मत पाएकालाई पनि समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने तयारी भएपछि कार्यकर्ताले पार्टी कार्यालय घराउसमेत गरे । बुधबार नै टुंगो लगाउने भनिएको बन्दसूचीको विषयलाई लिएर अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता, कार्यकर्ता भेला भएका छन् ।

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो । रास्वपाले ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ।

जस अनुसार रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको हो । यता यस पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

२०७९ मंसिर २२ १४:१५ बजे

प्रतिक्रिया