सुवास नेम्बाङको जित विरुद्ध सर्वाेच्चमा रिट

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १२:१५ बजे
सुवास नेम्बाङ

काठमाडौं । इलाम क्षेत्र नम्बर नम्बर २ मा पुनस् मतगणनाको माग गर्दै कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । उनले निर्वाचनमा धादली भएको भन्द्र सर्वोच्चमा रटि दिएका हुन् । 

कांग्रेस उम्मेदवार खड्काले एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई जबर्जस्ती विजयी घोषणा गरिएको उल्लेख गरेका छन् । निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङ ११४ मतले विजयी भएका थिए ।

नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।खड्काले मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रममा आफ्ना प्रतिनिधिलाई सहभागी नगराइएको आरोप लगाएका छन् । 

२०७९ मंसिर २२ १२:१५ बजे

प्रतिक्रिया