प्रचण्ड, जनार्दन शर्मा र प्रभु शाहबीच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ ११:५९ बजे
भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता निमार्णका लागि आवश्यक कदमहरु चाली रहेको छ । यसै क्रममा माओवादी केन्द्रल स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहसँग पनि कुराकानी तथा छलफल गरेको छ ।

प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहलाई भेट गरेका हुन्। भेटको क्रममा अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा समेत सहभागी भएको खुमलटार स्रोतले  बताएको छ । उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र भावी सरकार गठनको विषयमा छलफल भएको छ। भेटमा शाहले प्रचण्डको प्रस्तावलाई सकरात्मक रुपमा लिएका जनाइएको छ । 

२०७९ मंसिर २२ ११:५९ बजे

प्रतिक्रिया