अरबौँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरूले नै निराधार भ्रम फैलाउने काम गरे : मन्त्री बडू

अरबौँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरूले नै निराधार भ्रमण फैलाउने काम गरे : मन्त्री बडू

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १५ १५:५५ बजे
मन्त्री बडू

काठमाडौं ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अरबौँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरूले नै निराधार भ्रम फैलाउने काम गरेको बताएका छन् । उनले अहिले सरकार पेट्रोलियम पदार्थको कारोबारको  जिम्मा निजि क्षेत्रलाई दिने  कुनै तयारी नरहेको बताएका छन् ।  नेपाल सरकाले नाकाबन्दी हुँदा  पेट्रोलियम पदार्थको कारोबार गर्न  जिम्मा निजी क्षेत्रलाई दिएको उनले बताएका छन् ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केही निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका हुन् ।

उनले कुन सरकारका पालामा कुनै निजी क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताए। मन्त्री  बडुलेअहिलेको मुख्य विषय निगमभित्रको सुधार मात्रै भएको  बताएका छन् ।   उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्ब ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए। मन्त्री बडूले पेट्रोलियम पदार्थको ढुवानी निजी क्षेत्रबाट हुने गरेको भन्दै ढुवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे।

त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तर्राष्ट्रिय मूल्य बन्दा कममा बिक्री गरेको जिकिर गरे। निगमलाई सरकारले सघाउने गरी नै काम गरे पनि केही समस्या भने देखिएको उनको भनाइ छ ।

२०७९ साउन १५ १५:५५ बजे

प्रतिक्रिया