राष्ट्रिय दलको मान्यता पाउने दलहरूले यि सुविधाहरू पाउँछन्

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १३:५९ बजे
राष्ट्रिय दलको मान्यता

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचन पछि विभिन्न नयाँ तथा पुराना राजनीतिक पार्टीहरू राष्ट्रिय पार्टी बनेका छन् । हालै सम्पन्न भएको निर्वाचनबाट विभिन्न 7 पार्टीहरू राष्ट्रिय पार्टी बनेका छन् । प्रत्यक्ष तर्फ एक सिट जितेका पार्टीहरू पनि अहिलेको निर्वाचनमा राष्ट्रिय पार्टी बनेका छन् । नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्ष तर्फ १० ठाउँमा विजय हासिल गर्दा पनि राष्ट्रिय पार्टी बन्न सकेको छैन् । 

नेपाली कांग्रेस, नेकपा एमाले ,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ । जसअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् । 

सुविधाहरु 

राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय र कर्मचारीसहित गाडीको सुविधा पाउँछन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् भने राष्ट्रिय दलको मान्यता पाउँदा प्राप्त मतअनुसार मतपत्रमा चुनाव चिह्न पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने व्यवस्था रहेको छ । 

२०७९ मंसिर २१ १३:५९ बजे

प्रतिक्रिया