काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको जानकारी दिए ।
यससँगै जबराको निलम्बन हटेको छ । उनी बुधबार सर्वोच्च अदालत जाने भएका छन्। गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।
प्रतिक्रिया